Connect with us
Kapilvast Forest

सांसद सिंह भन्छन : करोडौं पैसा उठाउन उपसभामुख हटाउने तयारी हुँदैछ

२०८२, ५ जेष्ठ आईतवारमा प्रकाशित

काठमाडौं –

प्रतिनिधिसभा सदस्य डा। अमरेशकुमार सिंहले करोडौं पैसा उठाउने नियत राखेर सत्तारुढ दलले उपसभामुख हटाउने तयारी गरेको आरोप लगाएका छन् ।प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोलेका सांसद सिंहले जेठ महिनाभित्रै उपसभामुखलाई हटाउने र आफ्नो मान्छेलाई नियुक्त गर्ने खेलमा कांग्रेस लागेको बताए ।उपसभामुख हटाउने खेल संवैधानिक निकायहरूमा नियुक्तिको स्वार्थसहित खेल्न लागिएको उनले आरोप लगाए ।

पूर्वसचिवहरूलाई बम्पर उपहार आउन लागेको भन्दै उनले पैसा लिएर संवैधानिक निकायहरूमा नियुक्ति गर्ने कांग्रेसको तयारी रहेको आरोप पनि लगाए ।‘पूर्वसचिवहरू आग्रह गर्न चाहन्छु १० करोड १५ करोड रुपैयाँ लिएर तयार बस्नुहोला, किनभने पैसा बुझाउनेलाई नियुक्ति हुनेछ । कांग्रेसलाई पैसाभन्दा अरु केही चाहिएको छैन । आगामी चुनावको लागि पैसा उठाउन कांग्रेस तल्लिन छ,’ सांसद सिंहले भने ।संवैधानिक परिषद्मा आफ्नो मान्छे लैजाने र संवैधानिक पदहरूमा पैसा बढी दिनेलाई नियुक्त गर्ने कांग्रेसको तयारी रहेको उनले दावी गरे ।

लोडसेडिङ गर्नका लागि कांग्रेसले दुईजना जनजातिका छोरालाई प्रताडित गरेको आरोप पनि उनले लगाए । जनजाति भएकै कारण दुवैलाई हटाएको दावी गरेका सिंहले महिला भएकै कारण कांग्रेसले आफ्नो मन्त्रालयमा सचिव हुनबाट रोकेको चर्चा गरे ।‘लोडसेडिङ गर्नका लागि कांग्रेसले दुईजना जनजातिका छोरालाई हटायो । कुलमान घिसिङ र कान्छाराम तामाङलाई कांग्रेसले बलि दियो,’ उनले भने, ‘केही समयअघि एउटा महिलालाई सिनियर हुँदा हुँदै सचिव हुनबाट कांग्रेसले रोक्यो । त्यो मन्त्रालय अहिले पनि कांग्रेसले नै चलाइरहेको छ ।’

मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएको थियो भने घिसिङलाई हटाउन नहुने पक्षमा रहेका ऊर्जाराज्यमन्त्री कान्छारामा तामाङलाई कांग्रेसकै सिफारिसमा प्रधानमन्त्रीले बर्खास्त गरेका थिए ।नेपाली कांग्रेसका पूर्वनेता सिंहले कांग्रेस जनजाति प्रति विभेदकारी रहेको भन्दै आगामी चुनावमा मत नदिन आदिवासी जनजाति, मधेशी, महिलालाई आह्वान गरे ।

‘कांग्रेसलाई आदिवासी जनजाति, महिला, मधेशी कोही चाहिएको छैन । त्यसैले २०८४ को चुनावमा कांग्रेसलाई भोट नदिनूस् ।‘२०८४ को चुनावमा कांग्रेस जनताको बीचमा भोट माग्न जानु पर्छ कि पर्दैन रु,’ उनले भने, ‘म आदिवासी जनजाति, मधेशी, थारु, महिलालाई आग्रह गर्न चाहन्छु २०६४ मा जस्तै २०८४ मा पनि कांग्रेसलाई डाँडा कटाउनुस् ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu