Connect with us
Kapilvast Forest

मनसुन कार्ययोजनामा सरकार सकारात्मक : मन्त्री रुपा विक

२०८२, ७ जेष्ठ मंगलवारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
नेपाल सरकारको वन तथा वातावरण राज्यमन्त्री रुपा वि.कले मनसुन कार्ययोजनामा सरकार सकारात्मक रुपमा सहाकार्य गर्न तयार रहेको बताउनु भएको छ ।

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विकले विज्ञहरुको सुझावलाई मध्येनजर गरि अघि बढ्ने बताउनु भयो ।

मन्त्री विकले प्रस्तुत भएका सुझावहरु निकै उपयोगी भएको बताउँदै, “प्राप्त सुझावले कार्ययोजना अझ समृद्ध र व्यवहारिक बन्नेछ ।”

योजनालाई प्रभावकारी, समावेशी र व्यवहारिक बनाउने उद्देश्यले विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाका प्रमुख, प्रतिनिधि तथा विज्ञहरुसँग सुझाव संकलन गरिएको थियो ।

मस्यौदाको अन्तिम चरणमा रहेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ लाई प्रभावकारी, समावेशी र व्यवहारिक बनाउने उद्देश्यले विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाका प्रमुख, प्रतिनिधि तथा विज्ञहरुसँग सुझाव संकलन गरिएको छ।

वक्ताहरुले कार्ययोजना संक्षिप्त, स्पष्ट र सबै सरोकारवाला निकायहरूको भूमिका सुनिश्चित हुने गरी तयार पारिनु पर्ने सुझाव दिएका थिए । उनीहरूले जिम्मेवारीको अनुगमन गर्ने र जवाफदेही बनाउने संयन्त्र समावेश हुनुपर्नेमा पनि जोड दिए ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ई. दिनेश भट्टले मनसुनको जोखिमलाई न्यून पार्न कार्ययोजना कार्यान्वयनयोग्य र प्रभावकारी बनाउन विभिन्न निकायहरूसँग छलफल जारी रहेको जानकारी दिनुभयो ।

कार्यक्रम राष्ट्रिय आपतकालीन व्यवस्थापन प्राधिकरण को आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा प्रकोप पूर्वतयारी सञ्जाल नेपाल (DPNET) ले समन्वयको भूमिका निर्वाह गरेको थियो भने अक्स्फाम (OXFAM) ले सहकार्य गरेको थियो ।

कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरू, प्रकोप व्यवस्थापनका विज्ञ तथा नागरिक समाजका व्यक्तिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu