Connect with us
Kapilvast Forest

माओवादी केन्द्रको सचिव बने गंगानारायण श्रेष्ठ

२०८२, १३ जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं –

नेकपा माओवादी केन्द्रमा फर्किएका नेता गंगानारायण श्रेष्ठले केन्द्रीय सचिव पद पाएका छन् ।९ असोज २०७२ मा माओवादीबाट अलग हुँदै गर्दा उनी पोलिटब्यूरो सदस्य थिए ।बाबुराम भट्टराईसँगै माओवादी छोडेका श्रेष्ठ अहिले नेपाल समाजवादी पार्टी नेसपा का नेता थिए ।

श्रेष्ठसँगै माओवादी केन्द्रमा फर्किएका अरु नेताहरुको पदीय हैसियत भने टुंग्याउन बाँकी छ ।यो सँगै माओवादी केन्द्रमा सचिवहरूको संख्या ८ जना पुगेको छ । यसअघि माओवादीमा ७ जना सचिव थिए । दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोख्रेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य माओवादीका सचिव थिए । अब श्रेष्ठ पनि सचिवको सूचीमा थपिएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj