Connect with us
Kapilvast Forest

आज प्रतिनिधि सभा बैठक बस्दै, आर्थिक सर्वेक्षण पेस हुने

२०८२, १४ जेष्ठ मंगलवारमा प्रकाशित

काठमाडौं –

प्रतिनिधि सभा बैठक आज बिहान ११ बजे बस्दैछ । आजको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१र८२ को आर्थिक सर्वेक्षण पेस गर्ने छन् ।यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूचीसमेत रहेको छ ।

साथै महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी ९पहिलो संशोधन विधेयक, २०८२’ प्रस्तुत गर्नेछन् ।आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

पछिल्लोपटक गृहमन्त्री रमेश लेखकमाथि नै ‘भिजिटि भिसा’ प्रकरणमा प्रश्न उठेपछि आजको संसदमा प्रतिपक्षी दलहरू भने कडा रुपमा प्रस्तुत हुने भएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले बैठकबाट निर्णय नै गरेर बैठकको सुरुमै कडा रुपमा प्रस्तुत हुने बताएको छ । उसले संसदमा आफूहरूलाई साथ दिन माओवादी केन्द्र र राप्रपाका सांसदलाई पनि आह्वान गरेको छ ।भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेपछि गृहमन्त्री लेखकमाथि पनि प्रश्न उठेको छ । यो विषयले आज संसदमा प्रवेश पाउने पक्का छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu