Connect with us
Kapilvast Forest

इजरायली हवाई आक्रमणमा ५४ प्यालेष्टिनी मारिए

२०८२, १४ जेष्ठ मंगलवारमा प्रकाशित

इजरायली हवाई आक्रमणका क्रममा गाजामा गएराति कम्तीमा ५४ प्यालेष्टिनी मारिएका छन्। आक्रमणमा परी कैयौँ मानिस घाइते भएका छन्। मारिएकामध्ये धेरैजसो विद्यालयमा आश्रय लिएर बसेका रहेका बिबिसीले जनाएको छ। गाजा शहरको फहमी अल–जरगावी विद्यालयमा बेइत लाहियाका सयौं मानिसहरू बसोबास छन् । उक्त स्थान हाल इजरायली सैन्य आक्रमणको चपेटामा छ।

विद्यालयमा आक्रमण हुँदा कम्तिमा ३५ जनाको मृत्यु भएको छ । गाजाको हमासद्वारा सञ्चालित नागरिक रक्षा विभागका अनुसार उक्त विद्यालयमा आक्रमणपछि मानिसहरू बसेका दुई कक्षाकोठामा आगलागी भएको थियो। इजरायल डिफेन्स फोर्सेसले त्यहाँ हमास र इस्लामिक जिहादको कमाण्ड एण्ड कन्ट्रोल सेन्टरलाई लक्षित गरेको दाबी गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu