Connect with us
Kapilvast Forest

नेपाल प्रेस युनियनले आज आफ्नो ३४ औं स्थापना दिवस मनाउँदै

२०८२, १४ जेष्ठ मंगलवारमा प्रकाशित

काठमाडौं –

नेपाल प्रेस युनियनले आज आफ्नो ३४ औं स्थापना दिवस मनाउँदै छ। २०४८ जेठ १३ गते जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा नेपाल प्रेस युनियनको तदर्थ समिति घोषणा गरिएको थियो। त्यसै दिनसको सम्झनामा दिवस मनाउने गरिन्छ। अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको सचिवालय बैठकले जेठ १९ गतेसम्म सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको थियो।

यस अवसरमा पत्रकारको स्वास्थ्य परीक्षण, रक्तदान कार्यक्रम, लोकतन्त्रमा प्रेसको भूमिका विषयक विचार गोष्ठी, स्थापना दिवसको दिन दीप प्रज्वलन, अस्पतालका विरामीलाई फलफूल वितरण, पुरस्कार वितरण, पत्रकार तथा अन्य सरोकारवालासँग मैत्रीपूर्ण खेलकुद लगायत कार्यक्रम आयोजना गर्न शाखाहरुलाई निर्देशन दिइएको प्रेस युनियनका महासचिव दिलीप पौडेलले जानकारी दिए।

लोकतन्त्रप्रति आस्था राख्ने श्रमजिवी पत्रकारहरुको छाता संस्था प्रेस युनियनले पत्रकारको पेशागत सुरक्षा, ट्रेड युनियन अधिकार, पत्रकारको क्षमता विकास तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गर्दै आइरहेको छ। युनियनले वैशाखको अन्तिम साता मात्र लोमन्थाङमा अन्तर्राष्ट्रिय मिडिया समिट पनि सम्पन्न गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu