Connect with us
Kapilvast Forest

गणतन्त्र दिवसको अवसरमा महाराजगंजमा सरसफाई

२०८२, १५ जेष्ठ बुधबारमा प्रकाशित

न्युजसेन्टर नेपाल
१८ औं गणतन्त्र दिवसको विशेष अवसरमा कपिलवस्तुको महाराजगंज नगरपालिकामा नगर स्तरीय सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । महाराजगंज नगरपालिका कार्यालय, सशस्त्र प्रहरी बल वेश क्याम्प महाराजगंज तथा इलाका प्रहरी कार्यालय महाराजगंजको संयुक्त आयोजनामा सरसफाइ गरिएको  नगर प्रमुख अब्दुल कलामले बताउनु भयो ।

कार्यक्रममा नगर प्रमुख अब्दुल कलामले गणतन्त्र दिवसको सन्देशलाई व्यवहारमा उतार्न सरसफाई, सुशासन र नागरिक सहभागिता अनिवार्य भएको बताउनु भयो ।
उपप्रमुख रीता कुमारी कुर्मीले सबै वर्ग, तह र समुदायको सहकार्यले मात्रै परिवर्तन सम्भव हुने धारणा राख्दै भन्नुभयो ।

महाराजगन्ज नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रेग्मीले नगरपालिका प्रशासन वातावरणमैत्री र जनउत्तरदायी सेवा प्रवाहमा प्रतिबद्ध रहेको बताउनु भयो  ।

कार्यक्रममा नगर क्षेत्रका विभिन्न, समाजसेवी स्वयंसेवक तथा सुरक्षाकर्मी तथा महाराजगंज नगरपालिकाको कर्मचारीहरुकोको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सरसफाई अभियान अन्तर्गत सार्वजनिक स्थल, सडक किनार, सरकारी कार्यालय परिसर लगायतका स्थानमा फोहर संकलन तथा व्यवस्थापन गरिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu