Connect with us
Kapilvast Forest

२० खर्ब हाराहारीको बजेट ल्याउने तयारी

२०८२, १५ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौं-

स्रोत समितिले दिएको सिलिङभन्दा माथि गएर सरकारले बजेटको अन्तिम तयारी गरेको छ । राष्ट्रिय योजना आयोग उपाध्यक्षको संयोजकत्वमा हुने स्रोत समितिले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटका लागि १९ खर्ब रुपैयाँको सिलिङ दिएको थियो ।‘त्यो सीमाभित्रै बजेट बनाउने कसरत गरे पनि त्यसो गर्न नसकिएको’ अर्थ मन्त्रालय स्रोतले बतायो । यसअघि स्रोत समितिले दिएको स्रोतको सीमाभित्र रहेर बजेट बनाउने अर्थमन्त्री विष्णु पौडेलले बताएका थिए ।

तर, दुई ठूला दल कांग्रेस र एमालेको सरकार रहेको अवस्थामा दुई पार्टीका कार्यक्रमलाई समायोजन गर्दा निकै ठूलो बजेट बनेको थियो । अझै पनि त्यसमा काँटछाँट भइरहेको मन्त्रालय स्रोतले बताएको छ ।‘पुरानो सिलिङमा १ खर्ब रुपैयाँ बढाएर करिब २० खर्बको बजेट बन्छ होला,’ स्रोतले भन्यो, ‘त्यसभन्दा माथि जाने ठाउँ छैन ।’ अर्थमन्त्री पौडेलले यस पटक विनियोजनकै चरणबाट अनुशासित बजेट बनाउने दाबी गर्दै आएका थिए । तर, व्यवहारमा सिलिङ समेत तोडेर ठूलो आकारको बजेटको तयारीमा अर्थ जुटेको छ ।

 

योजना आयोगले चालु आव २०८१र८२ मा बनाएको त्रिवर्षीय बजेट विनियोजन तथा प्रक्षेपण अनुसार यस वर्ष बजेट आकार २० खर्ब ८८ अर्ब २१ करोड रुपैयाँसम्म पुग्ने अनुमान छ ।मन्त्रालय स्रोतका अनुसार मध्यमकालीन खर्च संरचना र स्रोत समितिले दिएको सिलिङबीच रहने गरी बजेट आकार तय गर्ने तयारी गरिएको हो । सरकारले चालु आव १८ खर्ब ६० अर्बको बजेट कार्यान्वयन गरिरहेको छ ।

स्रोतमा चरम दबाब

सरकार पछिल्ला केही वर्षयता स्रोतको चरम दबाबमा छ । राजस्व संकलन लक्ष्य अनुसार हुन सकेको छैन । वृद्धिदर समेत उत्साहजनक छैन । अर्कातिर, वैदेशिक अनुदान निरन्तर घटिरहेको छ । लक्ष्य अनुसार काम गर्न नसक्दा ऋणप्राप्तिमा समेत उल्लेख्य प्रगति छैन ।

यस्तो अवस्थामा ठूलो आकारको बजेट बनाउने ‘फिस्कल स्पेस’ सरकारलाई छैन । तर, पनि १९ खर्बको सीमाभित्र रहन सक्ने अवस्था नभएको स्रोतको दाबी छ । कर्मचारीको तलब बढाउनुपर्ने कानुनी दायित्वका कारण पनि बजेट आकार बढ्न सक्ने देखिएको हो ।

‘तलब बढ्ने कि नबढ्ने अन्तिम निर्णय भइसकेको छैन, त्यसबारे आज निर्णय होला,’ उनले भने, ‘तर, तलब बढाउँदा स्वाभाविक रूपमा ठूलो दायित्व सिर्जना हुनेछ,’ स्रोतले भन्यो ।

सरकारले चालु आवका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबर बजेट ल्याएको थियो । तर, बजेटको अर्धवार्षिक समीक्षा मार्फत सरकारले १६ खर्ब ९२ अर्ब ९३ करोड ३५ लाखमात्र खर्च हुने अनुमान गरेको थियो । २० खर्बको बजेट बनाउँदा गत सालको विनियोजन भन्दा ८ प्रतिशत र संशोधित खर्च अनुमानको तुलनामा १८ प्रतिशत ठूलो हुनेछ ।

अघिल्लो आवको यथार्थ खर्चको तुलनामा २० प्रतिशतसम्म बजेट वृद्धिलाई सामान्य रूपमा लिने गरिन्छ । आज साँझ वा बिहीबार बिहान स्रोत समितिको बैठक बसेर बजेटको अन्तिम आकार निर्धारण गर्ने तयारी समेत छ ।

योजना आयोगले गरेको अनुमान अनुसार स्रोतमा १७।१ प्रतिशत हाराहारी वृद्धि हुनेछ । सोही अनुसार आयोगले बजेट आकारको त्रिवर्षीय अनुमान गरेको हो । आगामी आव राजस्वको आकार १४ खर्ब ६२ अर्बसम्म पुग्ने अनुमान छ । यसमा तल्लो सरकारमा बाँडफाँटबाट जाने राजस्व भने समावेश गरिएको छैन ।

यस वर्ष बाँडफाँट बाहेक १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ र बाँडफाँटमा जाने रकम सहित १४ खर्ब १९ अर्ब राजस्व उठ्ने अनुमान गरिएको थियो । तर, मंगलबारसम्म राजस्व संकलन लक्ष्यको ६७।७९ प्रतिशतमात्र छ । जुन ९ खर्ब ६२ अर्ब १९ करोड हाराहारी हो ।

यस वर्ष ५२ अर्ब ३२ करोड रुपैयाँ वैदेशिक अनुदान उठ्ने अनुमान गरेकोमा १६ अर्ब ६१ करोडमात्र अनुदान उठेको छ । वैदेशिक ऋणसमेत ५० प्रतिशतभन्दा तल प्राप्त भएको छ । आन्तरिक ऋण भने लक्ष्य अनुसार उठाइएको छ ।

यस्तो छ मध्यमकालीन खर्च संरचना विनियोजित तथा प्रक्षेपित बजेट

२०८१र८२ स् १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन

२०८२र८३ स् २० खर्ब ८८ अर्ब २१ करोड प्रक्षेपण

२०८३र८४ स् २४ खर्ब २९ अर्ब ९८ करोड प्रक्षेपण

कति छ राजस्व अनुमान रु

२०८१र८२ स् १२ खर्ब ६० अर्ब ३० करोड

२०८२र८३ स् १४ खर्ब ६२ अर्ब ६६ करोड

२०८३र८४ स् १७ खर्ब ३ अर्ब २३ करोड

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu