Connect with us
Kapilvast Forest

रास्वपाले भोलि संसद्मा बजेट प्रस्तुत हुन दिने

२०८२, १५ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौं –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि संसद्मा बजेट प्रस्तुत हुन दिने भएको छ ।कार्यबाहक प्रवक्ता मनीष झाले बजेट प्रस्तुत हुँदा अवरोध नगर्ने बताएका हुन् । ‘संवैधानिक प्रक्रियाअनुसार ल्याइने बजेट रोक्दैनौं’, उनले भने ।रास्वपा सहित विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिषा प्रकरणमाथि छानबीनको माग राखेर संसद् अवरोध गरिरहेका छन् ।

तर संवैधानिक व्यवस्था बमोजिम भोलि ९१५ जेठमा प्रस्तुत हुनुपर्ने आर्थिक वर्ष २०८२र०८३ को बजेट प्रस्तुत हुन दिने रास्वपा नेता झाले बताए ।उनले गृहमन्त्रीलाई संसदमा बोल्न नदिने भन्ने पार्टीको माग नरहेको पनि बताए । ‘गृहमनत्री अघि बोल्न हामीले पाउनुपर्छ भन्ने हाम्रो माग हो । बोल्नै नदिने भनेका छैनौं’, उनले भने ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu