सदनमा बोल्न नपाएको झोकमा गृहमन्त्रीले गरे पत्रकार सम्मेलन
काठमाडौँ –
गृहमन्त्री रमेश लेखकले संसद्मा बोल्न नपाएपछि पत्रकार सम्मेलन गरेर आफ्ना कुरा सार्वजनिक गरेका छन्।भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि प्रतिपक्ष दलले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै सदन अवरुद्ध गरेपछि उनले पत्रकार सम्मेलन आयोजना गरेका हुन्।
अहिले जारी सम्मेलनमा सदनमा बोल्न समय माग गरे पनि नपाएपछि पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्न लागिएको बताए। पत्रकार सम्मेलन जारी छ।