Connect with us
Kapilvast Forest

ब्लड क्यान्सर पीडित पत्रकार दिपकको मृत्यु कपिलवस्तु पत्रकारिता शोकमा

२०८२, १८ जेष्ठ शनिबारमा प्रकाशित

कपिलवस्तु -न्युजसेन्टर नेपाल 

कपिलवस्तुको चन्द्रौटामा रहेर डेढ दशक लामो पत्रकारिता गर्दै आउनु भएका पत्रकार दिपक केसि को शुक्रबार राती १ बजे मृत्यु भएको छ । ब्लड क्यान्सरबाट पछिल्लो दुई वर्षदेखि उपचाररत केसीको अचानक शुक्रबार साझ शरीरमा केही असहज महसुस भए लगत्तै चन्द्रौटामा रहेको आधारभुत स्वास्थ्य सेवा अस्पताल लगिएको थियो । अस्पतालले बुटवल रिफर गरे लगत्तै केसिलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । अस्पतालले जाँच गर्दागर्दै केसीलाई मृत घोषणा गरेको नेपाल पत्रकार महासंघ कपिलवस्तु साखा सचिव सानीउल्ला धोबिले जानकारी दिनुभएको छ ।

अर्घाखाँची घर भएका ३६ वर्षीय केसी कपिलवस्तुको रेडियो शिवराजमा स्टेसन म्यानेजर ,मोफसल खबर का अध्यक्ष समेत रहेका केसी अन्य मिडियामा समेत कार्यरत रहनुभएको थियो । केसीका एक छोरा र एक छोरी श्रीमती रहेका छन ।

पत्रकार केसीको असामयिक निधनले कपिलवस्तुको पत्रकारिता क्षेत्रले एक कर्मठ र प्रतिबद्ध व्यक्ति गुमाएको नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले जानकारी गराउनुभएको छ । क्यान्सरको उपचारमा रहनुभएका केसीले भारतमा बोन म्यारो ट्रान्सप्लान्ट समेत गराउनु भएको थियो । स्वास्थ्यमा सुधार आएपछि पुनः पत्रकारितामा सक्रिय हुनुभएको थियो ।दुखको यश घडिमा नेपाल पत्रकार महासंघ कपिलवस्तु साखाले शोक बिज्ञिप्ती निकालेर दुख ब्याक्त गरेको छ ।

प्रेस सेन्टरका सदस्यसमेत रहेका केसीको शनिवार अन्त्येष्टि गरिने जनाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu