Connect with us
Kapilvast Forest

मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु

२०८२, १९ जेष्ठ आईतवारमा प्रकाशित

काठमाडौं –

काठमाडौंको चन्द्रागिरि नगरपालिका ४ पानीघाटमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको ककनी– १ की ३६ वर्षीया सुनिता बलामी छिन् ।मकवानपुरको चित्लाङबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०२–०१ प ८०६८ नम्बरको मोटरसाइकल शनिबार बेलुका पौने ८ बजे दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी बलामीको एपीएफ अस्पताल बलम्बुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मोटरसाइकलको पछाडि चढेकी थिइन् ।मोटरसाइकल चालक नुवाकोटको ककनी– १ कै मानबहादुर बलामी घाइते छन् । उनको एपीएफ अस्पताल बलम्बुमा उपचार भइरहेको छ । मोटरसाइकल भने थानकोट प्रहरी वृत्तमा छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu