Connect with us
Kapilvast Forest

बन्दमा मनपरी भाडा

२०८२, २० जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं –

यातायात व्यवसायीले सार्वजनिक सवारी बन्द गरेको मौकामा राइड सेयरिङ सञ्चालकहरुले मनपरी भाडा असुल्न थालेका छन् ।ट्राफिक प्रहरीले मनपरी भाडा असुल्नेहरुमाथि निगरानी बढाइएको बताए पनि यो समाचार तयार पार्दासम्म कसैमाथि कारबाही भएको जानकारी छैन ।काठमाडौंमा सञ्चालित एउटा राइडसेयरिङ एपमा आज बिहान करिब नौ बजेतिर थापागाउँबाट बुद्धनगरसम्म पुग्ने मोटरसाइकलको भाडा २२० रुपैयाँ देखिन्थ्यो । यसैगरी सामान्य ट्याक्सीको भाडा ७०० भन्दा बढी र सुविधाजनक ट्याक्सीको भाडा ८०० रुपैयाँभन्दा बढी देखिन्थ्यो ।

सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिएको विरोधमा सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले कालो नम्बर प्लेटका सार्वजनिक सवारी साधन नचलाउने निर्णय गरेको छ । सार्वजनिक गाडी चढ्न नपाएपछि यात्रीहरु पठाओ, इनड्राइभ, इड्राइभ, ट्याक्सीमाण्डु जस्ता राइड सेयरिङ एपमार्फत् सेवा लिन बाध्य छन् । त्यही मौका छोपेर कतिपय राइडरहरुले महँगो भाडा असुलेको यात्रीहरुको गुनासो छ । यसबाट अत्यावश्यक कामले यात्रा गर्नुपर्ने सर्वसाधारणहरु मर्कामा परेका छन् ।

सिनामंगलबाट अनामनगरसम्म आउनका लागि राइड सेयरिङ एप प्रयोग गर्न खोजेका एक यात्रुले भने, ‘हिजो अस्तीसम्म १५० रुपैयाँसम्म देखाउने गरेकोमा आज ३–४ सयभन्दा घटी देखाउँदैन ।’काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले मनपरी भाडा असुल्नेहरुमाथि निगरानी बढाइएको बताए । ‘हामीले स्थलगत अनुगमनका लागि टोली परिचालन गरेका छौं । कसैले बढी भाडा लिएको पाइए कारबाही गर्छौं ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu