Connect with us
Kapilvast Forest

पैसामा पृथ्वीनारायण शाहको फोटो राखौँ : सूर्य थापा

२०८२, २० जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं-

नेकपा एमालेका सांसद सूर्य थापाले पैसामा पृथ्वीनारायण शाहको फोटो राख्नुपर्ने बताएका छन्।सोमबार अर्थ समितिको बैठकमा बोल्दै थापाले आग्रह पूर्वाग्रहका सबैखाले पर्खाल भत्काएर शाहको फोटो नोटमा राख्न सुझाव दिएका हुन्।

‘ म राजावादी होइन, राजतन्त्र फाल्न लडेको मान्छे हो। तर पृथ्वी नारायण शाहलाई राजावादीले मात्र मान्ने होइन। सबै नेपालीले मान्नुपर्छ र पृथ्वीनारायण शाहको नोटमा तस्बिर अंकित गर्ने कामको थालनी गर्नुपर्छ।’ थापाले भने,  ‘पृथ्वीनारायण शाहकै तस्बिर छैन के नोट? एकीकरण पृथ्वीनारायण शाहले ठूलो देशको राजा हुनलाई थाल्नुभयो होला तर परिणाममा त्यो नेपालको एकीकरण भएको छ। त्यसो भएको हुनाले राष्ट्र एकीकरणकर्ताको फोटो नोटमा छाप्ने कुराले राष्ट्रबैँकको इज्जत बढ्छ देशको पनि इज्जत बढ्छ।’

उनले महामानव गौतम बुद्धको तस्बिर पनि नोटमा राख्न सुझाव दिए।  ‘नेपालमा जन्मिएका माहामानव वुद्धलाई नोटमा देख्न पाएनौं भने नोट के नोट ? थापाले भने, ‘जुन तस्बिर नोटमा समावेश हुन्छन् ती तस्बिर बोकेर हिँड्दा नागरिकलाई गौरवबोध हुने खालको हुनुपर्छ भन्ने मेरो सुझाव छ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu