Connect with us
Kapilvast Forest

सभामुखले विपक्षीलाई भने- गृहमन्त्रीलाई सुनौं

२०८२, २१ जेष्ठ मंगलवारमा प्रकाशित

काठमाडौं –

सभामुख देवराज घिमिरेले सदनमा गृहमन्त्री रमेश लेखकले संसदमा आफ्ना भनाइ राख्ने वातावरण बनाइदिन विपक्षी दलहरूलाई आग्रह गरेका छन् ।भिजिट भिसा प्रकरणमा गृहमन्त्रीसमेत जोडिएको भन्दै विपक्षी दलहरूले राजीनामा मागेर सदन अवरुद्ध पार्दै आएका छन् ।

गृहमन्त्री लेखकले आफ्ना कुरा सदनसमक्ष राख्ने भन्दै सभामुखसँग पटकपटक समय मागे पनि उनले बोल्न पाएका छैनन् ।सदनमा गृहमन्त्रीलाई बोल्न दिने वातावरण बनाउन सभामुख घिमिरेले आज बिहानैदेखि पहल गरेका थिए । उनले विपक्षी दलका प्रमुख सचेतकहरूसँग तथा त्यसपछि सत्ता र विपक्षी दलहरूसँग संयुक्त छलफल गरेका थिए ।

बैठकमा सभामुख घिमिरेले पहिले गृहमन्त्रीका कुरा सुनौं, त्यसपछि थप छलफल गरौंला भनेपछि विपक्षी दलका नेताहरू यस विषयमा थप छलफल गर्ने भनेर निस्किएका छन् ।बैठकमा सहभागी नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले आफूमाथि उठेका विषयमा प्रष्ट पार्न गृहमन्त्रीले समय मागेकाले बोल्न दिनुपर्ने बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu