Connect with us
Kapilvast Forest

भौतिकमन्त्री भन्छन सहमतिअनुसार सवारी नचलाएर यातायात व्यवसायीले गल्ती गरे

२०८२, २१ जेष्ठ मंगलवारमा प्रकाशित

काठमाडौं –

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरूले सार्वजनिक यातायात बन्द गरेर राख्नु गलत भएको बताएका छन् ।सोमबार राति सरकार र यातायात व्यवसायीहरूबीच भएको सहमतिअनुसार यातायात सञ्चालन नगरेर गल्ती भएको उनले बताएका हुन् ।

उनले यातायात व्यवसायीहरूले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट गण्डकी प्रदेशलाई पत्र गएपछि मात्रै यातायात सञ्चालन हुन्छ भन्ने जस्ता तर्कहरू गर्नु गलत भएको बताए ।मन्त्री दाहालले सरकारले प्रदेशको अधिकार हनन हुनेगरी सम्झौता नगरेको जिकिर गरे । ‘हामीले प्रदेशको अधिकारको हनन हुने खालको सम्झौता गरेका छैनौँ,’ उनले भने, ‘केही सवारी तथा सार्वजनिक यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अन्तिम अवस्थामा पुर्‍याएका छौं जसमा ती कुराहरू सम्बोधन गर्ने हाम्रो तयारी छ ।‘

संघले कानुन बनाएपछि मात्र प्रदेशले कानुन बनाउँदा सहज हुने उनले तर्क गरे । ‘संघको कानून अघि आएपछि मात्रै तलका प्रदेशहरूले कानून बनायो भने सहज हुन्छ भन्ने हिसाबले अहिलेलाई स्थगित राखिदिनुस्,’ उनले भने, ‘त्यो विषय भनेर अनुरोध गरेका हौँ ।‘राइड शेयरिङलाई कसरी अगाडि बढाउने भन्ने बारे काम भइरहेको उनले बताए । ‘राइड शेयरिङलाई व्यवस्थित गर्ने काम भइरहेको छ, जनताले सुविधा पनि पाइरहेका छन् । तर त्यसलाई नियमन त गर्नुपर्छ, राज्यको दायरामा त ल्याउनुपर्‍यो,’ उनले भने ।

मन्त्री दाहालले सरकारले यसबारे कानुन र नियमावली बनाउन सरकार लागिरहेको बताए । ‘त्यसलाई पनि संघीय कानूनमार्फत नै व्यवस्थित गरौँ भनेर हामीले भनेको हो,’ उनले भने ।नेपालमा निजी क्षेत्रले मात्रै सार्वजनिक याताया त सञ्चालन गरेकोले उनीहरू जिम्मेवार हुनुपर्ने बताए ।‘नेपालको सार्वजनिक यातायात शतप्रतिशत निजीले सञ्चालन गरेको हो । यो कुरामा जिम्मेवार भएर बढ्नुपर्छ । बन्दै गर्नेकुरा र जनतालाई दुःख दिने काम उहाँहरूले गर्नु हुँदैन,’ उनले भने ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu