Connect with us
Kapilvast Forest

अख्तियार विधेयक अड्किएकोमा कांग्रेस सांसद असन्तुष्ट

२०८२, २२ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौं –

अख्तियार दुरुपयोग आयोग ऐन संशोधन विधेयक संसदीय समितिमा अड्किएकोमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसद नै असन्तुष्ट भएका छन् ।बुधबार यो विषय प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा उठेको छ । अख्तियार विधेयक यही समितिमा अड्किएको छ ।

नागरिकता ऐन संशोधन विधेयकमाथिको छलफलमा नेपाली कांग्रेसका सांसद हृदयराम थानीले अख्तियार विधेयक अड्किएकोमा असन्तुष्टि जनाए । ‘अख्तियार विधेयकको बारेमा धेरै बोलिन । आफूलाई पर्ने कुरामा कोही तयार छैन । अर्कोलाई पार्ने कुरामा सदनदेखि सडकसम्म विरोध गरेर अगाडि बढ्ने परिस्थिति छ’, उनले भने ।

नीतिगत निर्णय समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानको दायरामा आउने गरी विधेयकको प्रतिवेदन तयार भएको छ । यही विषय विधेयकमा राखिएका कारण अगाडि बढ्न नसकेको थानीको भनाइ छ । ‘नीतिगत निर्णयको कुरा अलिकति आएको थियो विधेयक रोकियो’, उनी थप्छन्, ‘ललित निवास के हो रु पतञ्जली के हो रु पोखरा विमानस्थल के हो रु भैरहवा विमानस्थलको कुरा के हो रु त्यही होइन रु’

अख्तियार विधेयक अगाडि बढाउन समिति सभापति रामहरि खतिवडालाई उनको आग्रह छ । अगाडि भन्छन्, ‘सभापति ज्यु मर्का बुझिदिनुस् । चिया बगान त्यही होइन । नेपाल ट्रस्टको जग्गाको कुरा के हो त्यही होइन ?विधेयक रोकेको दोष नबोक्न समिति सभापति खतिवडालाई उनको सुझाव छ । ‘क्याबिनेटले जे गरे पनि हुने रु अरु सबै थुनिनुपर्ने मन्त्रिपरिषदले जे गरे पनि हुने रु मन्त्रिपरिषद्‍लाई छुन नपाउने कानुन बनाउने कुरा गलत छ’ उनी थप्छन्, ‘सभापति ज्यु दोष तपाई पनि नलिनुस् ।’

अख्तियार ऐन संशोधन विधेयक ६ माघ २०७६ मा राष्ट्रिय सभामा दर्ता भएको थियो । २७ चैत २०७९ मा राष्ट्रिय सभाबाट पास भएर प्रतिनिधि सभामा आए।त्यसपछि प्रतिनिधिसभाले सैद्धान्तिक छलफल गरेर ३१ भदौ २०८० मा दुवै विधेयकलाई राज्य व्यवस्था समितिमा पठाएको थियो । यो विधेयकमाथि राज्य व्यवस्था समितिले संसदीय उपसमिति बनाएर छलफल चलाएको थियो ।

उपसमितिको संयोजकमा कांग्रेस सांसद थानी नै थिए । २५ कातिक २०८१ मा गठित संसदीय उपसमितिले विधेयकको प्रतिवेदन ४ पुस २०८१ मा मूल समितिलाई बुझाएको थियो । त्यसपछि विधेयक अगाडि बढ्न सकेको छैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu