Connect with us
Kapilvast Forest

पार्टी अध्यक्षमाथि राजनीतिक प्रतिशोध साँधियो, राजनीतिक र कानुनी दुवै प्रतिवाद गर्छौं : एकीकृत समाजवादी

२०८२, २३ जेष्ठ बिहीबारमा प्रकाशित

काठमाडौं –

नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि राजनीतिक पूर्वाग्रह साँधेर आक्रमण भएको आरोप लगाएको छ ।पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि एकीकृत समाजवादीले यस्तो टिप्पणी गरेको हो ।पार्टी उपाध्यक्ष वेदुराम भुसालले बिहीबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पार्टी अध्यक्ष नेपालमाथि राजनीतिक पूर्वाग्रह साँधेर आक्रमण भएको भन्दै राजनीतिक र कानुनी दुवै रूपमै प्रतिवाद गर्ने बताए ।

‘मुद्दाको सम्बन्धमा दुई वटा पक्ष छन् । एउटा, यसको राजनीतिक पक्ष छ । दोस्रो, यसको कानुनी पक्ष छ । राजनीतिक पूर्वाग्रह साँधेर जुन आक्रमण भएको छ । यसको हामी राजनीतिक रूपमा प्रतिवाद गर्छौं । कानुनी पक्षको कुरामा हामी कानुनी हिसाबमा नै प्रतिवाद गर्छौं,’ भुसालले भने । भ्रष्टाचार मुद्दा दर्ता भएको सूचना मिडियाबाट जानकारी पाएको भन्दै उनले औपचारिक रूपमा सूचना आएपछि पत्र हेरेर प्रतिक्रिया दिने उनले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu