नेकपा माओवादी केन्द्र शिवराज नगर समितिद्वारा शोकसभा सम्पन्न
कपिलवस्तु-पुन्हरी घिमिरे
कपिलवस्तुको चन्द्रौटामा नेकपा माओवादी केन्द्र शिवराज नगर समितिद्वारा शोकसभा सम्पन्न गरेको छ । वडा कमिटीका उपाध्यक्ष तथा समाजसेवी व्यक्तित्व गन बहादुर बिश्वकर्माकी जीवन संगिनी सौर्या बिश्वकर्माको असामयिक निधनप्रति नेकपा माओवादी केन्द्रशिवराज नगर समितिले एक शोक सभा आयोजना गरेको थियो ।
जनयुद्धमा सेल्टर दिई योगदान गरि गणतन्त्र ल्याउन अहम भुमिका निर्वाह गरेकोमा उच्च सम्मान सहित श्रद्धाञ्जली अर्पण गरिएको हो । कार्यक्रममा सौर्या बिश्वकर्माको जीवन, योगदान र परिवारमा पुर्याएको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको थियो।

शोकसभामा बोल्ने वक्ताहरूले स्व. सौर्या बिश्वकर्माको सादगीपूर्ण जीवनशैली, सहयोगी स्वभाव र सामाजिक योगदानको स्मरण गर्दै उहाँको निधनले पार्टी, समाज र परिवारमा ठूलो क्षति पुगेको उल्लेख गरेका थिए।
कार्यक्रमको अन्त्यमा एक मिनेट मौनधारण गरी दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।
शोक सभामा माओवादी केन्द्रका केन्द्रिय सदस्य रुद्रलाल बन्जाडे , शिवराज नगर इन्चार्ज दिनेश पुन , नगर अध्यक्ष जीवन खड्का लगायत पार्टीका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।