Connect with us
Kapilvast Forest

राजर्षि जनक विश्वविद्यालयको ‘दीक्षान्त’मा सहभागी हुन जनकपुर जाँदै प्रधानमन्त्री

२०८२, २८ जेष्ठ मंगलवारमा प्रकाशित

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली राजर्षि जनक विश्वविद्यालयका विद्यार्थीलाई दीक्षित गर्न जनकपुर जाँदैछन्। बिहान साढे १० बजे उनी जनकपुर पुग्नेछन्।जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला साँस्कृतिक केन्द्रमा  हुने दीक्षान्त समारोहमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीलाई दीक्षित गर्ने कार्यक्रम तय भएको हो।

विश्वविद्यालयको पहिलो तथा ऐतिहासिक दीक्षान्त समारोहलाई भव्य बनाउन रजिष्ट्रार सत्यनारायण साहको संयोजकत्वमा डीन, परीक्षा नियन्त्रण, सह-नियन्त्रक तथा कर्मचारी सम्मिलित १५ सदस्यीय मूल समिति गठन गरिएको छ । साथै, प्राध्यापक, कर्मचारी तथा विद्यार्थी सम्मिलित १६ वटा उपसमिति बनाइएको छ।

केन्द्रीय परीक्षा सञ्चालन तथा अभिलेख केन्द्रका अनुसार स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण तीन ब्याचका ११५ विद्यार्थी दीक्षित हुन लागेका हुन्। समारोहमा विश्वविद्यालयस्तरमा उत्कृष्ट हुने चार, विभिन्न संकाय तथा शैक्षिक कार्यक्रममा उत्कृष्ट हुने १०(१० विद्यार्थीलाई पदकसमेत प्रदान गरिने सहपरीक्षा नियन्त्रक दिलिपकुमार यादवले जानकारी दिए।

दीक्षान्त समारोहअघि प्रधानमन्त्री एवं कुलपति ओलीको अध्यक्षतामा विश्वविद्यालय सभाको बैठक बस्ने कार्यक्रमसमेत  छ। संघीय सरकार मातहतको यो विश्वविद्यालयमा हाल चार संकायका १३ वटा शैक्षिक कार्यक्रम सञ्चालन छन्, जसमा एमफिल, एमबीए, बीबीए, बीडीबीएम, बीई(सिभिल, बीआईटी, बीसीए, बीएस्सी-सीएसआईटी, बीपीएच, बीएस्सी(एमएलटी, बीएस्सी-एजी, बीए-एलएलबी र बीजेएमसी छन्।

यो विश्वविद्यालय मातहत पाँच वटा आंगिक क्याम्पस छन् भने ६८ वटा कलेजले सम्बन्धन लिएका छन्। यो विश्वविद्यालय २०७४ कात्तिक १२ गते स्थापना भएको हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu