Connect with us
Kapilvast Forest

कपिलवस्तुको वाणगंगाका विद्यालय गर्मीका कारण चार दिन बिदा

२०८२, २८ जेष्ठ मंगलवारमा प्रकाशित

कपिलवस्तु-

कपिलवस्तुको वाणगंगा, नगरपालिकाले बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्य तथा सिकाइमा नकारात्मक असर पर्न सक्ने देखिएको भन्दै आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका सबै शैक्षिक संस्थाहरूलाई चार दिनका लागि बिदा दिने निर्णय गरेको छ।

वाणगंगा नगरपालिका शिक्षा समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो। समितिका अनुसार जेठ २७ गतेदेखि ३० गतेसम्म विद्यालय बन्द रहनेछ।सो अवधिको बिदा बर्खे बिदाबाट कट्टा गरिने सूचनामा उल्लेख छ।

नगरपालिकाका शाखा अधिकृत खिमबहादुर जिसीले जारी गरेको सूचनामा सबै सम्बन्धित शैक्षिक संस्थाहरूलाई निर्णयको जानकारी गराउँदै गर्मी बिदालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu