रास्वपाको ५ बुँदे प्रस्तावमा सत्ता पक्षलाई मनाउन प्रयास गर्ने विपक्षी दलको निर्णय
काठमाडौं –
माओवादी केन्द्र सहितका विपक्षी दलहरुको बैठकले संसदको अवरोध खुलाउन रास्वपाले ल्याएको पाँच बुँदे प्रस्ताव स्वीकार गर्दै त्यसमा सत्ता पक्षका दलहरुलाई पनि मनाउन प्रयास गर्ने निर्णय गरेको छ । आज बिहान संसद भवनमा बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकमा सहभागी आजपा अध्यक्ष प्रभु साहले रास्वपाको पाँच बुँदे प्रस्ताव बैठकले ग्रहण गरेको जानकारी दिए । साथै त्यसमा कांग्रेस र एमालेसहितका दललाई पनि त्यसबारे जानकारी गराइने बताए ।बैठक सकिएपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपाका प्रमुख सचेतक सन्तोष परियार कांग्रेस–एमालेका नेताहरुलाई भेट्न गएका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठन गर्नुपर्ने लगायतका पाँच बुँदे प्रस्ताव रास्वपाले राख्दै आएको छ । यसलाई सत्ता पक्षले स्वीकार नगर्दा संसदको गतिरोध अन्त्य हुन सकेको छैन ।
यस्तो छ रास्वपाको प्रस्ताव-
