Connect with us
Kapilvast Forest

जसपा नेपाल कपिलवस्तुको अध्यक्षमा शैलेन्द्र निर्वाचित

२०८२, ३० जेष्ठ बिहीबारमा प्रकाशित

हनुमान पाण्डे, कपिलवस्तु-
जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जिल्ला कार्य समिति कपिलवस्तुको अध्यक्षमा पुनः शैलेन्द्र कुमार यादव निर्वाचित भएका छन् । जसपा नेपाल कपिलवस्तुको एकताको प्रथम अधिवेशन अन्र्तगत अध्यक्ष पदमा भएको मतदानमा २ सय ३८ मत प्राप्त गरेर शैलेन्द्र अध्यक्षमा निर्वाचित भएका हुन । अध्यक्षका अर्का उम्मेदवार रामनिवास यादवले १ सय ५५ मत प्राप्त गरे ।

कुल ५ सय ४७ मतदाता रहेको निर्वाचनमा खसेको ३ सय ९३ मत मध्य एक मत बदर भएको थियो भने शैलेन्द्रले रामनिवासलाई ८३ मतान्तरले चुनाव जितेका थिए । जसपा नेपाल कपिलवस्तुको निर्वाचनमा अन्य पद निर्विरोध भई अध्यक्ष पदमा मात्रै मतदान भएको निर्वाचन अधिकृत अफाक अहमख खाँले जानकारी दिए ।

अध्यक्षमा निर्वाचित शैलेन्द्र कुमार यादव हालका जिल्ला अध्यक्ष हुन् । निर्विरोध निर्वाचित तर्फ उपाध्यक्ष पदमा अहमद अली खान र ब्रह्मानन्द तिवारी, सचिवमा शिवलाल यादव रहेका छन । त्यसैगरी खुला सदस्य तर्फ निर्विरोध निर्वाचित हुनेहरुमा बब्बु सिंह यादव, जनार्दन प्रसाद चौधरी, बलराम यादव, राजेन्द्र कुमार मिश्र, राधेश्याम यादव, आशिष कुमार पाण्डेय, रामगोपाल यादव, राम बहादुर चौधरी, रामशंकर यादव, राम सवारे यादव, अनिल कुमार यादव, प्रभुनाथ यादव, विरेन्द्र प्रसाद गडरिया, प्रहलाद मल्लाह, मनोज कुमार यादव, अब्दुल कलाम मुसलमान, प्रभु यादव, राजेन्द्र प्रसाद यादव, मुन्नालाल पाल, छेदी प्रसाद यादव र राजेन्द्र यादव रहेको जनाइएको छ ।

त्यसैगरी सदस्य मुस्लिम तर्फ कासिम मुसलमान, सदस्य दलित महिला तर्फ प्रभावती कोरी, सदस्य दलित तर्फ शम्भु धोबी र रिषीराम रैदास तथा सदस्य थारु तर्फ ईन्दु थारु निर्विरोध निर्वाचित भएका छन । यस अघि जेठ २३ गते एकताको प्रथम अधिवेशनको उदघाटन पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu