Connect with us
Kapilvast Forest

एमसीसीको बजेटमा भारी कटौतीको संकेत

२०८२, ३० जेष्ठ बिहीबारमा प्रकाशित

काठमाडौँ 

मिलिनियम च्यालेन्जट कर्पोरेशन (एमसीसी)ले आफ्नो बजेटमा भारी कटौती गर्ने संकेत देखाएको छ। एमसीसीले सन् २०२६ मा खर्च गर्ने बजेटमा कटौतीको संकेत देखाएको हो।एमसीसीले सार्वजनिक गरेको विवरणअनुसार सन् २०२६ मा २२ करोड ४० लाख डलर खर्च गर्ने तयारी छ। सन् २०२५ मा एमसीसीले ९३ करोड अमेरिकी डलर खर्च गर्न बजेट छुट्याएको थियो।

चीनको बेल्ट एण्ड रोल्डसँग मुख्य प्रतिस्पर्धीका रूपमा लिइने एमसीसीले विश्वका विभिन्न देशमा एमसीसीले ठूलो रकम खर्च गर्दै आएको छ। एमसीसीले विभिन्न विकासशील देशमा आर्थिक वृद्धि र गरिबी निवारणका लागि अनुदान दिँदै आएको छ।सन् २०२४ सम्म ४७ देशहरूमा लगानी गरेको छ, जसमा लगभग ३८० मिलियन मानिसलाई लाभ पुगेको दाबी गरिएको छ। भौतिक पूर्वाधार, नीति सुधार, र संस्थागत सुदृढीकरणमा उसको लगानी केन्द्रित छ।

नेपालले २०७४ सालमै एमसीसी कम्प्याक्ट सम्झौतामा हस्ताक्षर गरेको थियो। उक्त सम्झौता नेपालमा निकै विवादित बन्दा २०७८ को फागुन १५ गते १२ बुँदे व्याख्यात्मक घोषणासहित संसद्‌ले एमसीसी कम्प्याक्ट सम्झौता अनुमोदन गरेको थियो । त्यसपछि एमसीसीको खास कार्यान्वयन डेढ वर्षअघि शुरु भएको थियो।अमेरिकी अनुदानअन्तर्गत एमसीसीले नेपालमा विद्युत् र सडक पूर्वाधारमा लगानी गरिरहेको थियो। अमेरिकाको ५ सय मिलियन डलर र नेपालको १९७ मिलियन डलर खर्च गरेर ३ सय किलोमिटर विद्युत् प्रशारण लाइन र सबस्टेशन निर्माण अनि ७७ किलोमिटर सडकको स्तरोन्नति र मर्मतको लक्ष्य राखिएको थियो।

डोनल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति भएपछि यो कार्यक्रम शुरुमा तीन महिना स्थगन भएको थियो। अहिले पनि एमसीसीको काम प्रभावकारी हिसावले अघि बढ्न सकेको छैन। यद्यपि सरकारले एमसीसीबाट आगामी वर्ष २०८२।८३ मा मात्रै ६ अर्ब अनुदान आउने र सो बजेट खर्च गर्ने योजना बनाएको छ।अर्थ मन्त्रालयमा एमसीसीका अधिकारीहरुले जनाएको प्रतिबद्धताअनुसार सो आर्थिक वर्षमा ५ अर्ब ६८ करोड अनुदान आउँदै छ। उक्त अनुदान सोझै भुक्तानी हुने अपेक्षा गरिएको सरकारले बजेटमा राखेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu