Connect with us
Kapilvast Forest

कार्यपालिका र नगरसभा बस्न सकारात्मक कुरा भएको छ : बालेन सचिवालय

२०८२, ३० जेष्ठ बिहीबारमा प्रकाशित

काठमाडौं –

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयले चाँडै कार्यपालिका र नगरसभा बैठक बस्ने जनाएको छ ।उपप्रमुख सुनिता डंगोलसँग भएको वार्ता सकारात्मक भएको भन्दै बैठक छिट्टै बस्ने सचिवालयले बताएको हो ।बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार, कार्यपालिका र नगरसभा बैठक राख्नेबारे उनीहरूबीच छलफल भएको हो ।

‘बैठक सकारात्मक भयो । विशेषगरी कार्यपालिका र नगरसभा बैठक राख्नेबारे राम्रो कुराकानी भएको छ,’ प्रमुख स्वकीय शाहले  भने ।उनका अनुसार, बैठकमा ३ जना वडाध्यक्ष पनि सहभागी थिए ।‘जनभावाना अनुरुप बजेट ल्याउनपर्छ भनेर बैठक राखिएको हो । अब बजेटको सिलिङ निर्धारण गर्ने बैठक पनि छिट्टै बस्छ,’ उनले भने ।

काठमाडौं महानगरको कार्यपालिका बैठक बस्न नसकेको करिब ५ महिना नाघिसकेको छ ।१४ पुसमा १६ औं नगरसभा बैठक बस्नु अगाडि बसेको कार्यपालिका बैठक त्यसपछि बस्न सकेको छैन ।मेयरले बैठक नबोलाएको भन्दै आलोचना बढेको थियो । वडाध्यक्षहरूले पनि निरन्तर बैठक बोलाउन मेयर शाहलाई दबाब दिँदै आएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu