Connect with us
Kapilvast Forest

पुल भाँचिदा मेची राजमार्ग अवरुद्ध , यात्रु अलपत्र

२०८२, १ असार आईतवारमा प्रकाशित

काठमाडौ –

पाँचथरको हेवा खोलामा निर्माणाधीन मोटरेबल पुल भाँचिदा शनिबार साँझदेखि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।पुल भत्किएर राजमार्गमा खसेपछि ताप्लेजुङसँग सडक सम्पर्क विच्छेद भएको छ भने सयौं यात्रु अलपत्र परेका छन्।

अस्थायी डाइभर्सनका लागि प्रयोग भइरहेको सडकमाथि नै निर्माणाधीन ‘मोडुलर’ पुलको संरचना खसेपछि राजमार्ग बन्द भएको हो।अवरोधका कारण झापा र फिदिमतिरबाट ताप्लेजुङतर्फ जाने तथा ताप्लेजुङबाट बाहिरिने सवारी साधनहरू बीच बाटोमै रोकिएका छन्।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) कौशल बुढाथोकीले सडक खुलाउने प्रयास थालिएको जानकारी दिएका छन्।

‘बिहानैदेखि पानी परिरहेकाले काममा केही कठिनाइ छ, तर हामीले स्थलगत अवस्था मूल्यांकन गरेर पहिरो पन्छाउने र बाटो खुलाउने काम सुरु गर्दैछौँ,’ डीएसपी बुढाथोकीले भने।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu