रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु
रौतहट
आज बिहान रौतहटमा चट्याङ्ग लागेर ६५ वर्षीय वृद्धको मृत्यु भएको छ ।गरुडा नगरपालिका वडा नं। १ जयनगरमा चट्याङ लागेर सियाराम वनियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।मौसम बिग्रिएर पानी पर्न थालेपछि घर अगाडि बाँधेको बाख्रा फुकाउने क्रममा उनलाई चट्याङ लागेको थियो ।
चटयाङ लागेर गम्भीर घाइते भएका वनियालाई उपचारका क्रममा प्रादेशिक अस्पताल गौर ल्याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक नेत्रमणी गिरीले बताए । मृतक वनियको शव पोस्टमार्टम पश्चात परिवारजनको जिम्मा लगाइएको छ ।