Connect with us
Kapilvast Forest

जनचेतनाका विद्यार्थीले खानेकुरा पकाएपछी

२०८२, ४ असार बुधबारमा प्रकाशित


कपिलवस्तु-

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ८ लक्ष्मणपुरस्थित जनचेतना सामुदायिक माध्यमिक विद्यालयमा व्यावसायिक योजना कार्यान्वयन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रम विद्यार्थीहरूले आफ्ना सीप र सृजनात्मकता प्रस्तुत गर्दै विभिन्न परिकारहरूका स्टलहरू सञ्चालन गरेका थिए । स्टलहरूमा पानीपुरी, मोमो, फिंगर चिप्स, चटपटे, चाउमिन, फलफूल, पकौडा, गोझिया, सोहिना, पापड, लस्सी, चिया, पपकोर्न लगायत स्वादिष्ट तथा आकर्षक परिकारहरूको प्रस्तुति गरिएको थियो ।
कार्यक्रम स्थलमा अनुगमन गर्दै नगर प्रमुख अजय थापाले विद्यालयमा यस्ता व्यवहारिक कार्यक्रमको आयोजना हुनु अत्यन्त सकारात्मक पक्ष रहेको बताउनुभयो । आजका विद्यार्थीहरूलाई केवल किताबी ज्ञान मात्रै नदिइ, जीवन उपयोगी सीप सिकाउनु आवश्यक रहेको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक देवानन्द ठाकुरले यस्ता कार्यक्रम विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि अत्यन्तै फलदायी भएको बताउँदै यस्ता अभ्यासले विद्यार्थीहरूमा आत्मविश्वास र प्रयोगात्मक ज्ञान विकास गर्न ठूलो भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष रिजवान खान, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द कुमार शुक्ला, शिक्षक अभिभावक संघका अध्यक्ष उदयराज चौधरी, त्रिभुवन आदर्श मा.वि.का प्रधानाध्यापक अर्जुन लोहार, बाल ज्योति मा.वि.का प्रधानाध्यापक हेमराज पठाक,विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका सदस्यहरू, संस्थापक अध्यक्ष बासुदेव जमरकट्टेल,सतिस गुप्ता निर्मला सुनार बेद कुमारी पासी सहित विभिन्न अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu