मितेरी सहकारीको रकम हिनामिनाको आरोप लागेर फरार रहेका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियामा पक्राउ
काठमाडौं –
मितेरी सहकारीको रकम हिनामिनाको आरोप लागेर फरार रहेका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियामा पक्राउ गरेर नेपाल ल्याइएको छ।उनलाई गएराति काठमाडौं ल्याइएको हो। नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङको समेत नाम मुछिएको मितेरी सहकारीको रकम हिनामिनासम्बन्धी उजुरीले पनि अब गति लिने भएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो–सीआइबीले जाहेरी लिएर केही तथ्य खोजी गरेको थियो। तर सहकारीको रकम हिनामिनाका मुख्य आरोपी धनराजकै पूर्वपत्नी ज्योति गुरूङ र अर्का आरोपी ज्योतिबहादुर भण्डारी पक्राउ नपर्दा अनुसन्धानले गति लिन सकेको थिएन।अब भने सहकारीको १४ करोड रकम अपचलनमा धनराजको भूमिका खुल्ने विश्वास प्रहरीको छ।
यो सहकारी ठगीमा कांग्रेसका उपसभापति धनराज गुरूङको नामसमेत मुछिएको छ। सहकारीको रकम हिनामिनाका मुख्य आरोपी धनराजकी पूर्वश्रीमती ज्योति गुरूङ फरार छिन्।
इन्टरपोलमार्फत रेड नोटिस जारी गरेर खोजी गर्दा प्रहरीले ज्योतिबहादुर कम्बोडियामा पक्राउ परे। ज्योतीबहादुर पक्राउ परेपछि यो ठगी धन्दाको थप रहस्य खुल्ने छ प्रहरीको विश्वास छ।
धनराजकी पूर्वश्रीमती ज्योति गुरूङ २०५७ सालदेखि सहकारीमा कार्यरत थिइन्। २०७५ सालमा सहकारीको प्रमुख कार्यकारी अधिकृत भएकी ज्योतिले रकम अपचलन गरेको सञ्चालक समितिका सदस्यहरूको दाबी छ। तत्कालिन अवस्थामा ज्योतिले बैंककमा रहेका ज्योतिबहादुर भण्डारीलाई नै रकम पठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो। ज्योतिले सहकारीको करिब ६ करोड रकम अपचलन गरेको दाबी गरिएको छ।
बढी पैसा आउने नाममा ज्योति गुरूङले ज्योति भाण्डरीकै लागि ५० जना भन्दा बढीको खातामा पैसा जम्मा गरेको खुलेको छ। तर पछि ज्योति भण्डारी गायब भएपछि सहकारीको पैसा डुबेको आशंका छ।