Connect with us
Kapilvast Forest

नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

२०८२, ५ असार बिहीबारमा प्रकाशित

​काठमाडौं –

त्रिकोणात्मक टी–२० सिरिज अन्तरगत नेपालले आज नेदरल्याण्ड्ससँग दोस्रो खेल खेल्दैछ।नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्डसँग सुपर ओभरमा पराजित भएको थियो। निकै रोमाञ्चक खेलमा नेपाल तेस्रो सुपर ओभरमा पराजित हुन पुग्यो। खेल आज नेपाली समय अनुसार पौने ८ बजे स्कटल्याण्डको ग्लास्कोमा सुरु हुनेछ।  नेपालले घरेलु टोली स्कटल्याण्डलाई लोस्कोरिङ गेममा २ विकेटले हराएको छ।

जारी प्रतियोगितामा गएराति नेदरल्याण्डले स्कटल्याण्डलाई १९ रनले हराउँदै तालिकाको शीर्ष स्थानमा छ। नेपाल र स्कटल्याण्डले भने एक एक खेल जितेका छन्। नेपाल २ अंकका साथ तेस्रो स्थानमा हुँदा समान अंकका साथ स्कटल्याण्ड दोस्रो स्थानमा छ। नेपालले भोलि घरेलु टोलीसँग प्रतियोगिताको अन्तिम खेल खेल्नेछ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu