Connect with us
Kapilvast Forest

लागुऔषध बेचबिखनको आरोपमा एक महिला काठमाडौंबाट पक्राउ

२०८२, ५ असार बिहीबारमा प्रकाशित

काठमाडौं-

लागु औषध बेचबिखनको आरोपमा एक महिला काठमाडौंबाट पक्राउ परेकी छिन् ।पक्राउ पर्नेमा जनकपुर घर भइ काठमाडौं–१५ बस्ने २० वर्षीष मनिषा ठाकुर छिन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।लागु औषध बेचबिखन गरेको सूचनाका आधारमा उनको कोठामा प्रहरीले खानतलासी गरेको थियो ।

सो क्रममा २१ हजार ५ सय ट्याब्लेट ट्रमाडोल, २६० पिस फेनारगन, २६० पिस डाइजापा र २६० पिस नुर्फिन बरामद भएको प्रहरीले बताएको छ ।साथै २ लाख २५ हजार ८ सय रुपैयाँ पनि बरामद गरिएको प्रहरीले बताएको छ ।पक्राउ परेकी ठाकुरविरुद्ध लागु औषधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu