Connect with us
Kapilvast Forest

प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दै

२०८२, ६ असार शुक्रबारमा प्रकाशित

काठमाडौं

प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू छलफलमा बस्ने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफलका लागि बैठक बोलाएका हुन्।

शीर्ष नेताहरूको बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।   प्रचण्डले बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएपछि बुधबार र बिहीबार तीन दलको बैठक स्थगित भएको थियो। उनीहरूबिच समसामयिक राजनीति, संसद्को गतिरोध अन्त्य, संसद्बाट विधेयक पारित गर्ने र संक्रमणकालीन न्याय लगायतको विषयमा छलफल हुने बताइएको छ।

दुई वर्ष ‘कुलिङ पिरियड’ राखिएको संघीय निजामती विधेयक पारित गर्ने प्रतिनिधिसभामा कार्यसूची भएपनि अहिले ‘होल्ड’ भएको छ। बजेट पारितसँगै निजामती विधेयक, शिक्षा विधेयकपनि तत्काल पारित गर्न दबाब रहेको छ। यता नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संघीय निजामती विधेयकका विषयमा माओवादी केन्द्रले राजनीति गर्न खोजेको आरोप लगाएका छन्।

बर्तौलाले निजामती विधेयकलाई रोक्ने सरकारको कुनै योजना नरहेको बताए। सरकारकै पहलका कारण उक्त विधेयक समितिबाट छिटो पारित भएर संसदमा आएकाले प्रतिपक्षीले अनावश्यक राजनीति गर्न जरुरी नरहेको उनले बताए।  अहिले असारमसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने अवस्था भएकाले नियमित विधेयकलाई रोकेर बजेटमाथिको छलफललाई तीव्रता दिइएको बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu