Connect with us
Kapilvast Forest

बजेटमा सत्तारुढ सांसदकै असन्तुष्टि

२०८२, ६ असार शुक्रबारमा प्रकाशित

काठमाडौं –

आगामी आर्थिक वर्षको बजेटमा सत्तारुढ दलकै सांसदले समेत असन्तुष्टि जनाएका छन् ।नेपाली कांग्रेसका सांसद दीपक गिरी ‘बजेटमाथि खुसीका साथ कुरा राखौंला भन्ने आशा’मा थिए । तर, केही मन्त्रालयको बजेट हेर्दा गम्भीर भएर बोल्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

बजेटको मन्त्रालयगत शिर्षकमाथिको छलफलमा बोल्न रोष्ट्रम पुगेका सांसद गिरीले भने, ‘यो बजेटले जनतालाई देखेन, न यो विकास मैत्री भयो । न लगानी मैत्री भयो । न त सरकार पक्ष सांसद मैत्री भयो ।’

बजेट शीर्ष नेता र त्यसमा पनि सत्तारुढ दलका शीर्ष नेता केन्द्रित हुन पुगेको उनको गम्भीर आरोप छ । ‘जो जो मन्त्रीजी हुनुहुन्छ, प्रधानमन्त्रीजी हुनुहुन्छ । त्यही मैत्री भयो जस्तो मलाई लाग्यो । बडो कठोरताका साथ भन्नुपर्छ’ गिरीले भने ।

पर्यटनसँग सम्बन्धित ११ वटा योजना झापाको एउटै निर्वाचन क्षेत्रमा परेको उनले बताए । ती योजनाहरूको नामै संसद्मा उनले सुनाए ।सभामुख देवराज घिमिरेको निर्वाचन क्षेत्रमा समेत एउटा पर्यटनसम्बन्धी २१ लाखको एउटा योजना परेको भनेर उनले माया पाएको भनेर ब्यङ्ग्य गरे ।नेपाली जनताले कठिन संघर्ष गरेर ल्याएको गणतन्त्रमा असमान रुपमा बजेट वितरण हुँदा दुःख लाग्ने गरेको उनले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu