Connect with us
Kapilvast Forest

रास्वपाको महामन्त्रीमा कबिन्द्र बुर्लाकोटी र प्रवक्तामा मनिष झा मनोनित

२०८२, ७ असार शनिबारमा प्रकाशित

काठमाण्डौ-

राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा कुबिन्द्र बुर्लाकोटी मनोनित भएका छन् । शनिबार विहान बसेको केन्द्रीय समिति बैठकले कार्यवाहकको जिम्मेवारीमा रहेका सहमहामन्त्री बुर्लाकोटीलाई महामन्त्री मनोनित गरेको हो। यसअघिका महामन्त्री मुकुल ढकाल पार्टीबाट निष्कासनमा परिसकेपछि बुर्लाकोटीले कार्यबाहक जिम्मेवारी सम्हाल्दै आएका थिए ।

यसैगरी केन्द्रीय समिति बैठकले पार्टीको प्रवक्तामा मनिष झालाई मनोनित गरेको छ । यसअघि कार्यवाहकको जिम्मेवारीमा रहेका सह प्रवक्ता झालाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । यसअघि पूर्वमहामन्त्री ढकाल नै प्रवक्ताको जिम्मेवारीमा पनि थिए । तेस्रो स्थापना दिवसको अवसरमा बसेको केन्द्रीय समितिले रिक्त महामन्त्री र प्रवक्ताको जिम्मेवारी तोकेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu