Connect with us
Kapilvast Forest

‘मलाई जेल हाले भनेर के दु:खमनाउ गर्नु, यिनीहरूले सिंगो देशलाई नै जेल बनाइसके’

२०८२, ७ असार शनिबारमा प्रकाशित

काठमाडौं –

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्धका षड्यन्त्र अझै नसकिएको दाबी गरेका छन्। पार्टीको स्थापना दिवसको अवसरमा कारागारबाटै सन्देश (अपिल) लेखेर उनले अब आफूले जनताको अदालतबाहेक न्याय माग्न जाने ठाउँ नभएको बताएका छन्। उनले आफूलाई मात्र नभई सिंगो देशलाई नै जेल बनाइएको आरोप लगाएका छन्।

‘यो अपराधपूर्ण घेराबन्दीमा अब मैले जनताको अदालतबाहेक न्याय माग्न जाने ठाउँ छैन। राज्य यिनको, अड्डा–अदालत यिनको, मिडियासमेत यिनकै। राज्यका सारा अंग र संरचना यिनकै भर्तीकेन्द्र’, उनले भनेका छन्, ‘घरिघरि लाग्छ, यिनीहरूले मलाई धेरै दुःख दिए। तर, विचार गर्दै जाँदा गएका ३६ वर्षमा यिनीहरूले देश र जनतालाई दिएको दुःखका अगाडि मैले पाएको दुःख त केही पनि होइन। यिनीहरूले मलाई जेल हाले भनेर के दु:खमनाउ गर्नु, जब यिनीहरूले सिंगो देशलाई नै जेल बनाइसके।’

उनले आफूले जेलको कोठरीबाट अहिले आफ्नै जीवनको समीक्षा गरिरहेको बताएका छन्। लामिछाने अहिले सहकारी ठगी मुद्दामा रूपन्देही कारागारमा छन्। विभिन्न सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा उनलाई, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा लागेको छ।

उनले आफूमाथिको षड्यन्त्रविरुद्ध हस्ताक्षर अभियान सञ्चालन गर्न लागेकोसमेत अपिलमा उल्लेख गरेका छन्। उनले आफूमाथिको राजनीतिक प्रतिशोधविरुद्ध ‘जनताको हस्ताक्षर अभियान’ मा साथ दिन आग्रह गरेका छन्।
‘अब म आफूमाथिको राजनीतिक षड्यन्त्रविरुद्ध जनताको अदालतमा पनि लड्न प्रतिवद्ध छु। आजबाट मैले आफ्नो मुद्दा दुनियाँकै सबैभन्दा ठूलो अदालत, जनताको अदालतमा पनि दर्ता गराउने निधो गरेको छु’, उनले भनेका छन्,‘ममाथि राजनीतिक प्रतिशोध साँधेको हो भन्ने लाग्नेले हस्ताक्षर गरी सहयोग गरिदिनुहोला।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu