कपिलवस्तुमा किशोरीलाई साईकल वितरण
कपिलवस्तु-
कपिलवस्तुमा किशोरीहरुलाई साईकल वितरण कार्यक्रम सम्पन्न भएको छ । शिवराज नगरपालिका वडा न ११ को आयोजनामा आज एक कार्यक्रमका बिच साईकल वितरण गरिएको हो ।
शिक्षामा पहुँच पुर्याउने लक्ष्य रहेको कार्यक्रमको उद्घाटन वडाअध्यक्ष रमेश्वर प्रसाद बर्माले गर्नु भएको थियो। उहाँले भन्नुभयो, शिक्षा सबैका लागि पहुँचयोग्य हुनुपर्छ। टाढा भएका कारण विद्यालय जान असजिलो हुने किशोरीहरूका लागि साईकल वितरण गरिएको हो। यसले विद्यालयमा उपस्थिति दर वृद्धि र पढाइप्रतिको उत्साह बढाउनेछ।
कार्यक्रममा वडासचिव,अभिभावक तथा स्थानीय समाजसेवीहरूको उपस्थितिमा साईकल वितरण गरिएको थियो। साईकल प्राप्त गरेपछि खुशी हुँदै एक किशोरीले भनिन्, हिजोआज बिहानै उठेर लामो बाटो हिँड्नुपर्थ्यो। अब त सजिलै समयमै विद्यालय पुग्न सक्छ वडाको सहयोगमा ४४ जना अति विपन्न परिवारका किशोरीहरुलाई एक एक थान साईकल वितरण गरिएको थियो ।
विद्यालयका प्रतिनिधिहरूले पनि वडाको यो कार्यक्रमले बालिकाहरूको शिक्षामा ठुलो टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन्।यस कार्यक्रमले स्थानीय स्तरमा बालिका सशक्तीकरण र शिक्षाको प्रवर्द्धनतर्फ सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।



