रोपाइका लागी ट्याक्टरमा जादै गरेका स्थानिय २० बर्षिया दुर्गावती कोरी र ४५ बर्षीया दुर्गावती कुमारी कोरीको मृत्यु भएको वडा नः ८ का वडाध्यक्ष शिव कुमार पाण्डेयले जानकारी दिए । नया बनेको माटोको बाटोमा चिप्लिएर ट्याक्टर पोखरीमा खसको थियो ।
ट्याक्टरमा ६ जना सवार रहेको र घाइतेहरुको कपिलवस्तु जिल्ला अस्पताल तौलीहवामा उपचारका लागी पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।