कपिलवस्तुमा घरको छानो खस्दा एक जनाको मृत्यु
कपिलवस्तु –
कपिलवस्तुमा घरको छानो खस्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको विजयनगर गाउँपालिका–३, जगदीशपुरमा आइतबार राति घरको छानो खस्दा एक वृद्धको ज्यान गएको हो ।
६० वर्षीय दुर्गा प्रसाद काफ्ले घरभित्रै सुतिरहेको बेला रातभर परेको अविरल वर्षाका कारण कमजोर बनेको छाप्रो अचानक भत्किँदा च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ।
घर भत्किएको देखेपछि स्थानीयवासीले बिहान करिब ५ बजे प्रहरीलाई जानकारी गराएका थिए। जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुग्दा काफ्ले मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।
शवलाई पोष्टमार्टमका लागि बहादुरगञ्ज अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।