Connect with us
Kapilvast Forest

मोहना नदीमा बाढीको सतह बढ्दो, किनारका बासिन्दालाई सतर्क रहन आग्रह

२०८२, १६ असार सोमबारमा प्रकाशित

धनगढी-

कैलालीको मोहना नदीको बाढी बढ्दो क्रममा रहेकाले नदी किनार क्षेत्रका बासिन्दालाई आज बेलुकासम्मै सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।जोखिम क्षेत्रका बासिन्दालाई विभागले एसएमएस पठाउँदै सतर्कता अपनाउन भनेको हो ।

मोहना नदीको जलमापन केन्द्रमा अहिले बाढीको सतह सतर्कता तह नाघेको छ । बाढी बढ्दो क्रममा रहेकाले सतर्क रहन भनिएको हो ।आज बिहान साढे ७ बजेसम्म मोहना नदीको जल मापन केन्द्रमा बाढीको सतह ३/०६ मिटर पुगेको छ । ३ मिटरसम्म पुगेमा सतर्कताको तह र ३।६० मिटर पुगेमा खतराको तहमा पुगेको मानिन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj