Connect with us
Kapilvast Forest

चन्द्रौटामा बौद्धिक अपाङ्गता र अटिजमसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२, १६ असार सोमबारमा प्रकाशित

पुनहरी घिमिरे कपिलवस्तु 
कपिलवस्तुको चन्द्रौटामा बौद्धिक अपाङ्गता र अटिजमसम्बन्धी एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । नेपाल विकास केन्द्र, रुपन्देहीको आयोजनामा तथा अटिजम केयर सेन्टर रुपन्देहीको संयोजनमा कार्यक्रम सञ्चालन गरिएको छ।

कार्यक्रममा प्रशिक्षक शिवराज नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत बाबुराम पौडेलले बौद्धिक अपाङ्गता र अटिजम भएका व्यक्तिहरूका अधिकार, उनीहरूलाई आवश्यक सहयोग र उनीहरू प्रति सकारात्मक दृष्टिकोण विकास गर्नुपर्ने विषयमा विस्तृत छलफल गरिएको थियो  । साथै अभिभावक समाज, शिक्षक तथा समुदायका प्रतिनिधिहरूलाई यस क्षेत्रमा देखिने चुनौती र समाधानका उपायबारे प्रकाश पार्नुभएको थियो ।

शिवराज नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूप्रति समुदायमा सकारात्मक दृष्टिकोण विकास गर्ने उद्देश्य सहित कार्यक्रम  गरिएको  थियो  । कार्यक्रममा नगरका जनप्रतिनिधि, शिक्षक, अभिभावक, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu