महिलाको अश्लिल भिडिओ बनाउँदै बेच्ने गरेको आरोपमा एक व्यक्ति पक्राउ
काठमाडौं-
महिलाको अश्लिल भिडिओ बनाउँदै बेचेको आरोपमा एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घर भएका २९ वर्षीय रमेश थापा छन् । उनलाई प्रहरीले टोखाबाट पक्राउ गरेको हो ।उनले नेपाल र विदेशमा समेत रहेका महिला तथा पुरुषहरु सँग रकम दिँदै भिडिओ कलममार्फत अश्लिल क्रियाकलापमा सहभागी गराउने गरेको आरोप लागेको छ ।
त्यसैगरी अश्लिल भिडिओ बनाउँदै बेच्ने गरेको पाइएको समेत जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।पक्राउ परेका उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा १२१ बमोजिमक अश्लिल किताब, पर्चा इत्यादी बनाउन वा बेच्न नहुने कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।