Connect with us
Kapilvast Forest

निजामती सेवा विधेयकमा अनधिकृत परिवर्तनप्रति डा. शेखर कोइरालाको कडा आपत्ति

२०८२, १७ असार मंगलवारमा प्रकाशित

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सर्वसम्मतिबाट संसदमा पेस भएको निजामती सेवा विधेयकमा अनधिकृत रूपमा परिवर्तन गरिएको भन्दै कडा आपत्ति जनाएका छन्।

उनले यो कार्यलाई देश र जनताप्रति गरिएको घोर अपराध र सार्वभौम संसदप्रतिको अपमानको संज्ञा दिएका छन्।

डा. कोइरालाले मंगलबार सामाजिक सञ्चाल मार्फत उक्त विधेयकमा भएको परिवर्तनलाई तत्काल पुरानै अवस्थामा फर्काउन र दोषीमाथि हदैसम्मको कारबाही गर्न माग गरेका छन्।

उनले भने, “यो कुनै सामान्य घटना होइन, यो देश र जनताप्रति गरिएको अपराध हो। संसदको सर्वोच्चतालाई चुनौती दिने यस्ता कार्य तत्काल रोक्नुपर्छ।”

उनले विधेयकमा कुलिङ पिरियडको व्यवस्था नराखी कुनै पनि कामकारबाही अगाडि नबढाउन चेतावनी दिँदै भने, “कुलिङ पिरियड बिना विधेयकका कुनै पनि प्रक्रिया अगाडि बढ्नु हुँदैन र बढ्दैन।”

कोइरालाले दोषीहरूलाई तुरुन्त कारबाहीको दायरामा ल्याउन र विधेयकलाई सर्वसम्मत रूपमा पारित भएको मूल स्वरूपमा फर्काउन जोड दिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu