Connect with us
Kapilvast Forest

लगनशील नेतृत्वले विद्यालयको स्तर उकासिएको छ -संयोजक यादव

२०८२, १७ असार मंगलवारमा प्रकाशित

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नं. ११ को वडा सदस्य तथा महाराजगंज नगरपालिकाको बिधेयक समिति संयोजक अवधेश यादवले आफ्नो ब्यक्तिगत लगानीमा  ११ नं वडामा संचालित रहेको झिन्ना माध्यमिक विद्यालय, बनगाईका २०८१ सालको SEE परीक्षामा प्रथम र द्वितीय स्थान हासिल गर्न सफल विद्यार्थीहरूलाई पुरस्कार वितरण गरि तथा सम्मान गर्नु भएको छ। उहाँले विद्यार्थीहरूलाई आफ्नो ब्यक्तिगत तर्फबाट झोला, कापी, कलम सहित  बिद्यालयमा उपस्थित भई सम्मान गर्नुभएकोछ । साथै, परीक्षामा उर्तिण भएका सम्पूर्ण विद्यार्थीहरूलाई खादा ओढाएर बधाई तथा शुभकामना व्यक्त गर्नु भएको जानकारी दिनुभयो ।

संयोजक यादवले  विद्यालयको हालसम्मकै उत्कृष्ट नतिजामा महत्वपूर्ण योगदान पुर्याउनु भएका प्रधानाध्यापक प्रेमप्रकाश गुप्ता तथा सम्पूर्ण शिक्षक वर्गलाई पनि खादा ओढाएर सम्मान गर्नुभएको थियो ।

संयोजक यादवले भन्नु भयो, “तपाईंहरु जस्तो लगनशील र समर्पित नेतृत्व पाउनु हाम्रो विद्यालयको सौभाग्य हो । आगामी दिनमा १००% नतिजा ल्याउन थप मिहिनेत गर्नु हुनेछ भन्ने हामी पूर्ण आशावादी छौं ।” नगरपालिकाले सार्वजनिक गरेको तथ्यांक अनुसार, झिन्ना माध्यमिक विद्यालयले नगरपालिका भित्रका सामुदायिक विद्यालयहरूमा सबैभन्दा बढी 3.70 GPA ल्याएको छ, जुन यस विद्यालयको शैक्षिक उत्कृष्टताको प्रमाण हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu