Connect with us
Kapilvast Forest

ताप्लेजुङमा पहिरोले घर पुरिंदा ४ जना घाइते

२०८२, १८ असार बुधबारमा प्रकाशित

ताप्लेजुङ-

सिदिङ्वा गाउँपालिका–३ मा मंगलबार राति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् ।स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिंदा उनीसहित उनकी श्रीमती ठगमाया, छोरा जगत् र छोरी सम्झना घाइते भएको स्थानीय मौसम सेलिङले जानकारी दिए ।

घरमाथिको कुलो थुनिएर पहिरो खस्दा घर पुरिएको हो । कटुवाल परिवारलाई छिमेकीले उद्धार गरेका थिए ।घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि पाँचथर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu