Connect with us
Kapilvast Forest

रुकुम पश्चिममा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

२०८२, १८ असार बुधबारमा प्रकाशित

काठमाडौं-

रुकुम पश्चिममा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ परेका छन्। चौरजहारी नगरपालिका–३ टाटागाउँका ३२ वर्षीय चन्द्र बुढाथोकीले ३० वर्षीया श्रीमती देविकाको हत्या गरेका हुन्।  आपसी विवादपछि हिजो राति श्रीमानले श्रीमतीमाथि खुकुरी प्रहार गरेका थिए। उनलाई हिजै राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

स्थानीयले घटनाबारे जानकारी दिएपछि प्रहरी खटिएको थियो। प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी पनि बरामद गरेको छ। श्रीमान–श्रीमतीबीच यसअघि पनि पटक÷पटक झगडा हुने गरेको थियो। घटनाबारे थप अनुसन्धान हुने प्रहरीले बताएको छ। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu