Connect with us
Kapilvast Forest

झापामा कुटपिटबाट गम्भीर घाइते भएका २ जनाको मृत्यु

२०८२, १९ असार बिहीबारमा प्रकाशित

झापा-

झापाको शिवसताक्षी नगरपालिका-९ का अर्का एक किशोरको पनि कुटपिटबाट मृत्यु भएको छ। योसँगै शिवसताक्षीमा कुटपिटबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।संगम चोक का १५ वर्षीय आदित्य तामाङको पनि मृत्यु भएपछि यो सङ्ख्या दुई पुगेको हो। झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा बुधबार दिउँसो आदित्यको मृत्यु भएको हो ।

केही दिनअघि ट्युसन पढेर घर फर्कने क्रममा दुधेको ‌ध्रुवतारा अंग्रेजी माध्यमिक विद्यालयका केही विद्यार्थीहरूले आदित्यमाथि कुटपिट गरेका थिए। प्रत्यक्षदर्शी विद्यार्थीका अनुसार पहिलोपटक सामान्य कुटपिट गरेपछि ‘जा’ भनेर पठाएका थिए। तर, केही समयपछि पुनः बोलाएर सोही समूहले कुटपिट गरेको थियो ।कुटपिटपछि आदित्यले परिवारमा घटनाबारे जानकारी गराएका थिएनन् । त्यसैले उनी अस्पताल जान ढिला भएको थियो । कुटपिट भएको भोलिपल्ट आदित्य ट्युसन सेन्टरमा आएनन् तर विद्यालयमा भने उपस्थित भएका थिए ।

विद्यालयमा अनुहार सुन्निएको र ढाड दुखेको बताएका थिए । त्यसपछि स्वास्थ्य बिग्रँदै गएपछि मात्र उनलाई बिएन्डसी अस्पताल लगिएको थियो । बुधबार दिउँसो उपचारकै क्रममा उनको सोही अस्पतालमा निधन भएको अस्पताल स्रोतले जनाएको छ । उनलाई गत शुक्रबार दिउँसो उपचारका लागि अस्पताल लगिएको थियो।

कुटपिट घटनामा संलग्न भएको आशंकामा स्थानीय प्रहरीले हालसम्म ६ जना किशोरलाई नियन्त्रणमा लिएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनीहरूले संलग्नता स्वीकार गरेको जनाएको छ। घटनामा अरु पनि संलग्न हुन सक्ने आशंका प्रहरीले गरेको छ।यसअघि आदित्यका मिल्ने साथी रोमन थापाको पनि आइतबार बिर्ता मोडको बिर्ता सिटी अस्पतालमा मृत्यु भएको थियो । रोमन पनि सोही ट्युसन सेन्टरमा आउँथे र आदित्यसँगै देखिन्थे ।

आदित्य राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका विद्यार्थी थिए । कुटपिटको भोलिपल्ट विद्यालयमा केही साथीहरूले दोषीमाथि बदला लिनुपर्ने बताएका थिए। तर आदित्यले ‘छोडिदेऊ, झगडा नगरौं’ भनेर साथीहरूलाई सम्झाएको उनको साथीहरूले बताएका छन्।दुवै मृतक परिवारले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu