Connect with us
Kapilvast Forest

पहिलोपटक तातोपानी नाकाबाट हेलिकोप्टर आयात

२०८२, १९ असार बिहीबारमा प्रकाशित

काठमाडौं-

तातोपानी नाका भएर पहिलोपटक चिनियाँ हेलिकोप्टर नेपालमा आयात भएको छ । भूकम्पपछि चिनियाँ सहरबाट सामान ट्रान्सपोर्ट गर्दै आएको आडो ट्रान्सपोर्ट कम्पनीले ४० फुटे टेलरमा राखेर हेलिकोप्टर तातोपानी ल्याएको हो ।नेपालको माउन्टेन हेलिकोप्टर प्रालिले खरिद गरेको सो हेलिकोप्टर नेपाल–चीन सीमामा रहेको तातोपानी भन्सारको यात्रु शाखामा अनलोड गरिएको हो । माउन्टेनले पाँचवटा चिनियाँ हेलिकोप्टर खरिद गरेको छ । ती सबै तातोपानी नाका भएर काठमाडौ आयात हुँदै छन् ।

चिनियाँ हेलिकोप्टरको मूल्यअनुसार राजस्व लिने तयारी गरेको तातोपानी भन्सारका सूचना अधिकृत सूर्य काफ्लेले जानकारी दिए । यात्रु शाखामा रहेको हेलिकोप्टरको भन्सार जाँचपास एक–दुई दिनभित्र हुने उनले बताए । ‘चार करोड १२ लाखभन्दा बढी राजस्व संकलन गरेर भन्सार जाँचपास हुनेछ,’ उनले भने, बिहीबार प्राविधिक टोली आएर हेलिकोप्टरको अवस्था चेकजाँच गरेपछि तातोपानीबाट काठमाडौं उड्छ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu