जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते
काठमाडौं-
मुग्लिन नारायणगढ सडक खण्डको घुमाउनेमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।चितवनको भरतपुर महानगरपालिका(२९ घुमाउनेमा नारायणगढबाट मुग्लिङ तर्फ आउँदै गरेको ग९प २२०६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना४ख ५००७ नम्बरको जिपले ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार पहिचान नखुलका दुई जना पुरुष उछिटिएर एसआर६९बी५६२२ नम्बरको एलपी ग्यास ट्यांकरको चक्काभित्र परेका थिए ।घाइते दुवै जनाको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए । ठक्कर दिने सवारी साधन र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।