Connect with us
Kapilvast Forest

‘संसदमा कुकुरकै मासु बेचिरहेका छन्’

२०८२, १९ असार बिहीबारमा प्रकाशित

काठमाडौं-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा सक्कली र नक्कली समाजवादी छुट्याउन मुस्किल भएको बताएका छन् । बिहीबार समाजवादी दर्शनको रूपरेखा पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले पूँजीवाद व्यक्तिवादमा र समाजवाद सामूहिकतामा आधारित दर्शन भए पनि यसको व्यवहारिक प्रयोग निकै ठूलो अन्तरविरोध देखिएको बताए ।‘भन्दा समाजवाद मार्क्सवाद भन्ने व्यवहारमा प्रयोग व्यक्तिवादको गर्ने प्रचलन र प्रवृत्ति निकै हाबी भएको अवस्था छ,’ उनले भने, ‘समाजवादी नाम सबैले राख्ने तर समाजवादको आधाभूत सिद्धान्त र मान्यताभन्दा बाहिर गएर आफ्नो जीवन, दर्शन र राजनीतिक दिशा र सांस्कृतिक आचरण गर्ने प्रवृत्ति हाबी छ ।’

समाजवाद भन्ने र प्रयोग गर्नेको बीचमा निकै ठूलो अन्तरविरोध देखिएको उनले बताए ।‘अहिले समाजवाद त सामन्त, दलाल, नोकरशाह, पुँजीवादी सबैले शब्द प्रयोग गरिरहेका छन्, उनले भने, ‘यो शब्द लोकप्रिय भएकोले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न सजिलो हुन्छ भनेर
व्यवहारमा व्यक्तिवादी स्वार्थ पूरा गर्ने प्रचलन, फेसन अहिले देखिएको छ ।’

आजभोलि वैज्ञानिक समाजवादको प्रयोगपनि सबैखाले अवसरवादी र पूँजीवादीले प्रयोग गरिरहेका उनले जिकिर गरे । ‘सक्कली र नक्कली समाजवादी छुट्याउन निकै जिटल र चुनौतीपूर्ण अवस्था सिर्जना भएको छ,’ उनले भने ।उनले थपे, ‘नेपालमा आधारभूत रूपमा पूँजीवादी जनवादी क्रान्ति सफल भएर हामी अब समाजवादी क्रान्तिको चरणमा प्रवेश गर्‍यौं भनेर एकाध बाहेक सबैले भन्न थालेका छन् ।’

कसैले पनि समाजवाद तत्काल आइहाल्यो नभनेको र समाजवादको चरणमा प्रवेश गरेका छौं मात्र आफूहरूले भनेको उनले बताए ।समाजवाद तत्काल कायम हुन सक्ने अवस्था नभएरै संविधानमा समाजवाद उन्मुख शब्द उल्लेख गरिएको उनले तर्क गरे ।पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले संघीयता सामूहिकताको अभ्यास गर्न समाजवादको भ्रुण भएको उनले व्याख्या गरे ।संविधानमा रहेका सबै सकारात्मक विषयहरूलाई उल्ट्याउने प्रयास भइरहेको उनले आरोप लगाए ।

‘कुकुरकै मासु बेचिरहेका छन्’

प्रचण्डले माओवादीले युद्धकालीन समयमा भन्ने गरेको खसीको टाउको राखेर कुकुरको मासु बेच्ने संसदीय व्यवस्थाको अभ्यास अहिले नेपालमा भइरहेको आरोप लगाए ।‘अहिले जे भइरहेको देखिन्छ, समितिका प्रतिवेदनमाथि भइरहेका छेडखानीहरू त्यो त्यस्तै हो, देखाउँदा खसीको टाउको देखाइएको छ भित्रभित्रै कुकुरको मासु बेचिइरहेको छ,’ उनले भने ।

सरकारले भ्रष्टहरूलाई संरक्षण गरिरहेको र दलाल पूँजीवादको स्वार्थअनुरूप काम गरिरहेको उनले बताए ।‘म सबैलाई आग्रह गर्न चाहन्छु, कसले दलाल पूँजीवादविरुद्ध लडिरहेको छ र कसले उनीहरूको स्वार्थअनुरूप काम गरिरहेको छ बुझ्नुस्,’ उनले भने, ‘तपाईंहरूले फरक छुट्याउनुपर्छ किनकि समाजवाद प्राप्तिको लडाइँ सामान्य छैन ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu