Connect with us
Kapilvast Forest

शिवगढी खानेपानी तथा सरसफाई समितीको नव निर्वाचित समितीले पुर्व समितीलाई सम्मान सहित बिदाई

२०८२, २१ असार शनिबारमा प्रकाशित

न्युज सेन्टर नेपाल कपिलवस्तु –
शिवगढी खानेपानी तथा सरसफाई समितीको नव निर्वाचित समितीले पुर्व समितीलाई सम्मान सहित बिदाई गरेको छ ।
शनिबार सुर्यमुखी युवा क्लबको भवनमा एक कार्यक्रमको आयोजना गरी पुरानालाई ससम्मान बिदाई गरीएको हो । कार्यक्रममा नवनिर्वाचित समितीलाई निर्वाचन आयोगका प्रमुख लक्ष्मण प्रसाद निरौलाले प्रमाणपत्र बितरण गर्नु भएको छ ।
नवनिर्वाचित अध्यक्ष जयनारायण पुनले प्रमाणपत्र ग्रहण गर्दै आफु निर्वाचित भए पछि कार्यक्षेत्रको अवलोकन गर्दा थुप्रै समस्या भेटिएको र बिस्तारै ति समस्यको हल गर्दै जाने बताउनु भयो । अहिलेलाई निशुल्क मर्मत’नया उपभोक्तालाई जडान शुल्कमा छुट र बार्षिक एक महिना निशुल्क उपभोक्तालाई पानी उपलब्ध गराउने निर्णय समितीले गरेको जानकारी दिनु भयो ।
खानेपानीको माग टोल टोलमा भए पनि बिस्तार गर्न नसक्नु दुखद भएको वडा अध्यक्ष रामगोपाल चौधरीले बताउनु भयो यो सेवालाई निर्वाचित समितीले वडा स्तरमा बिस्तारको पहल गर्न समेत सुझाव दिनु भयो ।
कार्यक्रमलाई कानुनविद लक्ष्मण प्रसाद निरौला नेकपा माओबादी केन्द्रका नगर ईन्चार्ज दिनेश पुन समाजसेवी प्रमोद सुबेदी तोर बहादुर जी सी लगायतले पुरानालाई सम्मान सहित बिदाई र नयालाई शुभकामना सहित आफ्नो भनाई राख्नुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu